शिक्षा मानव जिवनमा निरन्तर चलिरहने प्रकृया हो । मानिसले शिक्षा औपचारिक, अनौपचारिक र अनियमित गरी तिन तरिकाबाट लिईरहेको हुन्छ । शिक्षा बिना मानिस लङ्गढो हुन्छ । त्यसकारण देशको चौतर्फिक विकास गर्न तत्कालिन श्री ५ सरकारले औपचारिक र अनौपचारिक शिक्षाको माध्यामबाट मानवको विकास गरेको छ । औपचारिक शिक्षालाई गुणस्तरिय शिक्षा प्रदान गर्नको लागि विद्यालयहरुमा विभिन्न प्रकारका कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ ।